– विजय थापा
वाशिंगटन डिसी । उत्तर अमेरिका कै नेपाली समुदायको सबैभन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विशेष शैलीमा आयोजना गरी नौलो उदाहरण प्रस्तुत गरेको छ ।
अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपालि डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका नेपाल सोसाइटीले उछिनेको छ ।
कार्यक्रममा संस्था कि यशोदा भण्डारीले सम्पन्न भएको कार्यक्रमको प्रकरणबारे मन्तब्य राखेकी थिइन् ।
मन्तब्य दिने क्रमममा मनासस शहरका परिषदका परिषद सदस्य मार्क टी एवेनीले महिला दिवसको शुभकामना दिदै अमेरिका अवसरको भूमि हो भने । उनले भने, १९५० मा मेरो आमाबुवा ईटालीबाट अमेरिका आएको र उनका सन्तान म आज यहाँ परिषद सदस्य भएको छु ।
उनले थप जानकारी दिदै विशेष गरी युवा वर्गलाई ठूलो मौका पाउने भन्दै यस्तो अवसर नेपाली समुदायले पनि पाउने बताए ।
अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरुले महिला हक, अधिकार, थिचोमिचो, बिद्रोह, असन्तुष्टि व्यक्त नगरी यस क्षेत्रमा रहेका बिभिन्न पेसा, ब्यबसाय र जमेर बसेका महिलाहरुले अमेरिकामा आफूले भोगेका समस्या, अनुभव, अनुभूति, चुनौती, सामना गरिनु परेका कठिनाई, उपलब्धि आदि ईत्यादि विषयमा विचार प्रस्तुत गर्नुका साथै आफ्ना कुराहरु हिस्सा पनि गरेका थिए ।
महिला वक्ताहरुमा क्रमस माधवी बस्नेत कार्की, मंजु संग्रौला, बन्दिता दाहाल, प्रभा देउजा, मन्दिरा मैनाली, सरिता कट्टेल आचार्य, नीलु उप्रेती, कल्पना भण्डारी, सुनिता अमात्य, सबिना खनाल, अस्मिता अधिकारी ढकाल, प्रज्ञा अधिकारी, चारु मल्ल, अर्बिना श्रेष्ठले पनि धारणा राखेका थिए ।















प्रतिक्रिया