२९ आश्विन २०८३, बिहिबार

पशुपतिनाथमा सामान्य पूजा पनि रसिद काटेर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupatiकाठमाडौं, १० साउन । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेका पुरोहितले गराउने सामान्य पूजाको पनि रसिद काट्ने भएको छ। कोषले यसअघि विशेष पूजामात्र रसिद काटेर भट्टहरूमार्फत पूजा गराउँदै आएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

परिसरमा रहेका पुरोहितले भक्तजनलाई मन्दिरभित्र भीड छ भन्दै बाहिरै पूजा गराएर दक्षिणा असुल्ने गरेको गुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न रसिद काटेर पूजा गराउने व्यवस्था गरिएको हो।

कोषका सदस्यसचिव गोविन्द टन्डनले पुरोहितले दक्षिणा लिएर मन्दिरबाहिरै पूजा गर्न लगाएको र रूद्राक्षको मालाको बजारमूल्यभन्दा पाँच गुणा बढीसम्म रकम तिर्नु परेको गुनासो आएपछि रसिद काटेर पूजा गर्न लगाउने योजना बनाइएको बताए।

उनले भने, ‘पशुपतिनाथमा आउने भक्तजन नठगिऊन् भनेर परिसरमा रहेका पुरोहितको तथ्यांक लिएर राख्ने र उनीहरूलाई कोषले काटेको रसिदअनुसार पूजा गर्न दिने व्यवस्था गर्न लागेका हौु ।’