७ कार्तिक २०८३, शनिबार

यस कारण उपभोक्ता अझै अन्धकारमा बस्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalकाठमाडौं, २३ फागुन । भारतबाट ८० मेगावाट थप विद्युत्त आयात भए पनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत्त भार (लोडसेडिङ) कम गर्न चैतसम्म कुर्नुपर्ने देखिएको हो ।

भारतबाट थप बिजुली आयात भएपछि दैनिक २ घन्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत्त प्राधिकरणको थियो । तर, आयात भएको ३ साता बितिसक्दा पनि दैनिक विद्युत्त कटौती १३ घन्टा कायम छ ।

मागभन्दा झन्डै ८०० मेगावाट विद्युत्त आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सुधार सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्री बताउँछन् । कारोबार दैनिकले समाचार छापेको छ ।

नेपालका वार्षिक ८० देखि सय मेगावाटसम्म विद्युत माग बढ्ने तर त्यसको तुलनामा आपूर्ति कम हुँदा वितरण प्रणालीमा असन्तुलन आई लोडसेडिङ बढ्ने तर्क क्षेत्रीको छ ।