काठमाडौं, २३ फागुन । कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३२ सय प्रतिनिधीले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिनेछन् ।
महाधिवेशनस्थल भृकुटीमण्डप अगाडिको राष्ट्रिय सभागृहमा मतदान गरिनेछ ।
ुनिर्वाचनका सम्पूर्ण तयारी पूरा भएको छ,ु कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।ु
पार्टी कार्यालय सानेपामा रहेको निर्वाचन समितिको युनिट सभागृहमा पनि स्थापना गरिएको छ । कांग्रेसले आफ्नो महाधिवेशनमा विद्युतीय निर्वाचन प्रणालीलाई अपनाएको छैन ।
घिमिरेका अनुसार धनुषा ५ मा क्षेत्रीय निर्वाचन हुन नसकेकाले ३ हजार १ सय ६१ मतदाता छन् । तात्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका ३० जना महाधिवेशन प्रतिनिधिले मत दिन पाउने वा नपाउने भन्नेमा निर्णय हुन बाँकी छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
मनोनीतले मत दिन पाएमा मतदाता ३ हजारा १ सय ९१ पुग्ने जानकारी घिमिरेले दिए।
सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुनेछ ।
पदाधिकारीको ३ पदमा १० जना सहित ३ सय १२ जना उम्मेदवार छन् ।
घिमिरेले ति पदहरुमा मतदानका लागि ९ किसिमको मत्रपत्र तयार पारिएको बताए ।
उनका अनुसार पदाधिकारीमा सभापतिका लागि छुट्टै तथा महामन्त्री र कोषाध्यक्षलाई एउटै मत्र पत्र बनाइएको छ ।
बाँकी ७ वटा छुट्टा छुट्टै मत पत्र खुला, महिला खुला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित र प्रदेशबाट छानिने केन्द्रीय सदस्यका लागि तयार पारिएको छ ।
अपरान्ह ४ बजेसम्म मतदान सक्न सभागृह भित्र १ सय २५ वटा गोप्य मतदान बुथ बनाइएको घिमिरेले जानकारी दिए ।















प्रतिक्रिया