२९ आश्विन २०८३, बिहिबार

श्‍यामर रिम्पोचेको अन्त्येष्टि नेपालमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samar-Rimpchheकाठमाडौं, १० साउन । प्रधानमन्त्री सुशील कोइरालाले बौद्धगुरु श्‍यामर रिम्पोचेको अन्त्येष्टि नेपालमै गर्ने वातावरण बनाउन मुख्‍यसचिव लीलामणि पौडेललाई निर्देशन दिएका छन्। मुख्यसचिव पौडेल, गृहसचिव र संस्कृतिसचिवलाई संयुक्त रूपमा प्रधानमन्त्री कोइरालाले शुक्रबार त्यस्तो निर्देशन दिएका हुन्।

सांसद र हिन्दू तथा बौद्धधर्मसँग सम्बन्धित संस्थाले श्‍यामररिम्पोचेको अन्त्येष्टि नेपालमा गर्न नदिने सरकारी निर्णयले बौद्ध धर्मावलम्बीको आस्थामा ठेस पुस्याएको भन्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । प्रधानमन्त्री कोइरालाको सकारात्मक निर्देशनपछि भारतको कालिम्पोङमा राखिएको रिम्पोचेको शव भुटान लगी आइतबार काठमाडौं ल्याइने अन्त्येष्टिका आयोजकले अन्‍नपूर्णलाई बताए।

तिब्बती बुद्धधर्म र अभ्यासमा दलाई लामापछि हाराहारीमा आउने १४ औं समरपा (समर रिम्पोचे)को चाहना आफ्नो मृत्युपछि अन्त्येष्टि नेपालमा होस् भन्ने थियो। श्‍यामर रिम्पोचेको गत जेठ २८ गते जर्मनीमा हृदयाघातका कारण निधन भएको थियो। बुद्धमार्गीहरू श्‍यामपालाई अमिताभ बुद्धका रूपमा श्रद्धा गर्छन्।