२९ आश्विन २०८३, बिहिबार

कमिसन एजेण्टको ‘कमाल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Comissionकाठमाडौ, १० साउन । चिलिमे हाइड्रोपावर कम्पनी बिजुली उत्पादनका साथै स्थानीयको जिवनस्तरमा उठाउन सफल भयो नै मुलुकमा उर्जा संकट समाधान गर्ने सफल मोडलको रुपमा आश जगायो ।

३० मेगावाट बिजुली उत्पादन गरिरहेको कम्पनी प्रमुख लगानीकर्ता भएको सान्जेन माथिल्लो र तल्लोका साथै रसुवागढी र मध्य भोटेकोशी जलविद्युत परियोजनाको निर्माण कार्य सुरु भएको छ ।

परियोजनाको सफलताको श्रेय दिइन्छ, कुलमान घिसिङलाई । तर तिनै घिसिङ केहीदिनअघि अपमानपूर्वक हटाइए । सान्जेन जलविद्युतको ठेक्का ‘चाइना गजुबा ग्रुप कर्पोरेसन फर वाटर रिसोर्सेज एण्ड हाइड्रो पावर कम्पनी’ले पाएको थियो ।

ठेक्का अवार्ड गरेपछि कम्पनीका एजेण्ट दीपक भट्टले १२ बूँदाको सर्त तेस्र्याए । योजनाको लागत दोब्बर बनाउने सर्त नस्वीकारेपछि ठेकेदार काम गर्न नआएको कम्पनीलाई कालोसूचीमा राखेर अर्को कम्पनीलाई ठेक्का दिएर काम सुरु गरियो । ‘सर्त मान्दा योजनाको लागत दोब्बर हुन्थ्यो,’ घिसिङ भन्छन्, ‘नमान्दा हटाइनु पर्‍यो ।’

निर्माण कार्य सुरु भएको सान्जेन (माथिल्लो–तल्लो)मा ३८, रसुवागढी ३३ मध्यभोटेकोशीमा १३ प्रतिशत चिलिमेको लगानी हुने योजना हुन । योजनामा स्थानीयको लगानी गराउने गृहकार्य भइरहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

निर्माणाधीन योजनापनि सफल भए चिलिमे मोडलले विदेशी लगानीकर्ता नकुरी लोडसेडिङमुक्त गराउने मोडल हुनसक्छ । ‘चिलिमे जस्तै सेयरमार्फत स्थानीय लाभान्वित हुने भएपछि लगानी गर्ने पुँजीको अभाव हुदैन,’ उनी भन्छन् ।

चार वर्षअघि प्रबन्ध निर्देशक भएपछि उनले स्थानीयलाई सेयर बिक्री थालेका थिए । कम्पनीको १० प्रतिशत ९९ लाख ६० हजार कित्ता, बोनस सेयर दिँदा २२ लाख कित्ता पुगेको ० सेयरले ३० हजार रसुवावासीको आर्थिक हैसियत उकासियो ।

प्रति कित्ता १ सय रुपैयाँमा किनेको सेयरको मोल अहिले २ हजार ७ सय रुपैयाँ छ । गरिबपनि लाभान्वित हुन भनेर त्यतिबेला प्राधिकरण आफै जमानी बसेर बैंकबाट लिएको ऋणबाट स्थानीयको नाममा सेयर खरिद गरिएको थियो ।

जिल्लाका सबै घरधूरीलाई सेयर दिलाउन चलाइएको अभियानमा अधिकांश घरधूरी लाभान्वित भएको उनी बताउछन । ‘विदेश गएर वा अन्य कारणले अनुपस्थित भएकाले मात्र’ उनी सुनाउछन, ‘नत्र लक्ष्य त सबै घरमा सेयर पुर्‍याउने थियो ।’ सेयर वितरण गर्दा आयोजनास्थलरहेको क्षेत्रका ३ गाविसका वासिन्दाका लागि ३५ प्रतिशत बाँकी १५ गाविसका लागि ६५ प्रतिशत बिक्री गरिएको थियो ।

योजनास्थलकाले प्रति व्यक्ति ६७ कित्ता र अरुकाले ४५ कित्ता पाएका थिए । कम्पनीले साढे २ गुणा बोनस सेयर दिएको छ । यसरी सेयर आवेदन गर्ने एक रसुवालीले ४ हजार ५ सय लगानी गर्दा ३ लाख रुपैयाँभन्दा आर्जन गरेका छन ।