१ कार्तिक २०८३, शनिबार

चार स्वर्णसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Melisha Shresthaकाठमाडौं, २२ फागुन । हङकङ्गस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तराष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदक सहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ ।

फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए ।

यस्तै जुनियर विधामा राजन भण्डारी र मेलिषा खड्गीले स्वर्ण जितेको प्रशिक्षक मनोज खड्गीले जानकारी गराए ।

खड्गीका अनुसार सिनियर ब्लाक बेल्टमा गोपाल भण्डारीले रजत पदक प्राप्त गरे ।

भण्डारी इन्डोनेशियाका खेलाडी संग फाइनल राउन्डमा पराजित भएका थिए ।

बब्लु सिवाकोटी सो प्रतियोगिताका उत्कृष्ट खेलाडी समेत घोषित भएको प्रशिक्षक खड्गीले बताए ।