७ कार्तिक २०८३, शनिबार

यी पूर्वमन्त्री पतिलाई लिएर किन अमेरिका जाँदैछिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neelam K Cकाठमाडौं, २२ फागुन । उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली नजाँदा पनि हुने एउटा कार्यक्रममा भाग लिन सरकारी खर्चमा पत्नी निलम खड्कासमेतको एउटा ठूलो टोली लिएर अमेरिका जाने तयारीमा छन् ।

महिलाको अवस्थाका बारा राष्ट्रसंघीय ६० औँ सेसनमा भाग लिनका लागि उनी त्यसतर्फ जान लागेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार यस खालको कार्यक्रममा न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिले भाग लिएमा नै प्रयाप्त हुन्छ । यसो गरिएमा सरकारको खर्च समेत जोगिन्छ । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

तर, उनले पत्नी खड्का तथा स्वकीय सचिवसहित १६ जनाको टोलीलाई मन्त्रिपरिषद्बाट पास गराएर अमेरिका लान लागेका हुन् । अन्य केही पनि थपिने सूचीमा रहेको मन्त्रालय स्रोतले बताएको छ ।