७ कार्तिक २०८३, शनिबार

बन्दसत्रमा छलफल छाडेर चुनावी अभियानमा प्रतिनिधिहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Banda Satraकाठमाडौं, २२ फागुन । औपचारिक उद्घाटनअगाबै चुनावी कार्यक्रम सुरु गर्दा कांग्रेस महाधिवेशनमा पार्टीको मुख्य नीति तथा कार्यक्रम, सांगठनिक संरचना, कार्यशैली र आर्थिक विषयसम्बन्धी छलफल ओझेलमा परेको छ ।

महाधिवेशनको दोस्रो दिन शुक्रवार बन्दसत्रमा तीनवटा प्रतिवेदन पेस भए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

तर हलमा प्रतिवेदन प्रस्तुत भइरहँदा अधिकांश नेता तथा प्रतिनिधि बाहिर आफ्नो व्यक्तिगत र प्यानलको चुनावी प्रचारमा व्यस्त थिए ।

पाँच वर्षसम्म पार्टीलाई कसरी अघि बढाउने भन्ने मूख्य नीति तय गर्ने थलोमा हुने छलफलमा महाधिवेशन प्रतिनिधिको मूख्य चासो हुनु पर्ने हो ।

तर नेतृत्व चयनमा जति रौनक देखियो, नीतिगत बहसमा त्यत्ति नै उदासीनता ।

बिहीवार दिउँसो खुल्लामञ्चमा औपचारिक उद्घाटन सुरु हुनुअघि नै पार्टी कार्यालयमा उम्मेदवारी मनोनयन खुला गरिएको थियो ।

बन्दसत्र सुरु हुनुअघि नै मनोनयन दर्ता गरिसम्ने समयसीमा राखिएका कारण तीनवटै प्यानल उम्मेदवारी दर्ता गरेर शुक्रवार महाधिवेशन स्थल भृकुटीमण्डप आएका थिए ।