काठमाडौं, २२ फागुन । महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विन्टल तरकारी, पााच सय किलो चामल पाक्ने गरेको छ ।
खानापछिको डेजर्टका लागि नौ हजार वटा रसबरी र ६ सय लिटर दही खपत हुन्छ । खाना खुवाउने जिम्मा दीव्यश्वरी पार्टी प्यालेसले लिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
बिहान ७ देखि ९ बजेसम्म नास्ता, उसिनेको अन्डा एउटा, पुरी–तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक–फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक–एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए ।
मध्याह्न १२ देखि २ बजेसम्म र साँझ साढे ६ बजेदेखि ९ बजेसम्म खाना
तीन प्रकारको मासु (खसी, कुखुरा र माछा) छ । दुईथरी भेज तरकारी, दाल, भात, नान रोटी, डेजर्ट र सलाद पनि छ । ‘हलाल’ गरिएको मासु पनि छ ।
भेज खानाको छुट्टै व्यवस्था छ । माछामासुबाहेक थप दुई भेज तरकारी थपिएको छ । डाइबेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ । प्रतिव्यक्ति दही र दुई रसबरी ।















प्रतिक्रिया