– रबिना बोहरा
बागलुङ, २१ फागुन । एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले बागलुङ पर्यटन, जलस्रोत तथा कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले यसैमा लाग्नु पर्ने बताउनुभएको छ ।
एमाले जिल्ला कमिटी बागलुङले शुक्रलबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
गुरुङले लोकतन्त्रको मुलभुत मान्यतामा अडिक रहने तथा विकास निर्माणको योजना ल्याउने बताउनुभयो । उहाँले संविधान निर्माण तथा भूकम्प पछिको पुनःनिर्माणमा पनि एमालेले नेतृत्व गरेको दाबी गनुभयो ।















प्रतिक्रिया