२९ आश्विन २०८३, बिहिबार

पेस्तोल देखाउँदा मन्त्रीकै छोरी लुटिइन्, प्रहरीको सातो गयो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girl-pestol

एजेन्सी । राज्य सरकारमाथि शान्तिसुरक्षाको प्रत्याभुति नगराएको भनेर प्रश्न उठिरहेका बेला मन्त्रीकै छोरी लुटिएपछि प्रहरीलाई आपत परेको छ ।

घटना हो भारतको गाजियाबाद शहरको । जहाँ मोटरसाइकलमा आएका अज्ञात लुटेरा समूहले नीतिशकुमार नेतृत्वको बिहार राज्य सरकारका एक पावरफूल मन्त्रीकी छोरीबाट धनमाल लुटेका छन् ।

समाचार अनुसार मन्त्रीकी छोरी लुटिएको खबरले प्रहरीमा समेत खैलाबैला मच्चिएको छ । प्रहरीले लुटेराको तीव्र खोजी गरिरहेको छ ।

लूटको यो घटना गाजियाबादस्थित विजयनगर थाना क्षेत्रमा भएको थियो । लुटिएकी युवतीका पिता बिहार सरकारका पावरफुल मन्त्री महेश्वर हजारी हुन् । उनकी छोरी विहार घर भइ गाजियाबादमा बसेर पढ्दै आएकी थिइन् । उनी सन्तोष मेडिकल कलेजकी छात्रा हुन् ।

विहीबार दिउँसो उनी कलेजबाट निस्केर आफ्नो कोठातिर जाँदै थिइन् । त्यही बेला सन्तोष मेडिकलको गेट नजिकै मोटरसाइकलमा आएका लुटेराले उनको बाटो झेक्दै पेस्तोल देखाएर उनको महंगो मोबाइल फोन लुटेर फरार भए ।