१ कार्तिक २०८३, आइतबार

स्वास्थ्य मन्त्रालयमा ठूलो संख्यामा अधिकृत पदको जागिर खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Health-manistry

काठमाडौं, २१ फागुन । स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा अधिकृत पदको जागिर खोलेको छ ।

शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी मन्त्रालयले करार सेवामा नियुक्त गर्ने गरी विभिन्न प्रकार प्राविधिक अधिकृत पदमा १ सय १० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयद्धारा जारी विज्ञप्तिमा मेडिकल अधिकृत, मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतहरुको माग गरिएको छ । यसैगरी आठौं तहको मेडिकल अधिकृत तथा सातौं तहका मेडिकल ल्याक टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतको लागि पनि दरखास्त आह्वान गरिएको छ ।

जसमा सबैभन्दा धेरै ८२ जना मेडिकल अधिकृत, १७ जना नर्सिङ अधिकृत, ७ जना मेडिकल ल्याब टेक्नलोजिष्ट र ४ जना माइक्रोबायोलोजिष्टमा रहेका छन् ।

मेडिकल अधिकृतका लागि आवेदन गर्न एमबीबीबएस तथा मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

हेर्नुस् स्वास्थ्य मन्त्रालयद्धारा प्रकाशित सूचनाः

swasthy-matralaya-vacancy