७ कार्तिक २०८३, शनिबार

नीतिश कुमार तारे होटलमा नबस्नुको रहस्य यसरी खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nitish Kumarकाठमाडौं, २१ फागुन । यहाँको राजनीतिसँग गहिरो चासो र प्रभाव राख्ने उनले अलिलेसम्म काठमाडौं भने टेकेका थिएनन् ।

युगौंको रोटीबेटी सम्बन्ध सीमाले जोडेको आत्मीयतालाई उनी नजिकैबाट स्पर्श गर्न चाहन्थे तर मौका जुरिरहेको थिएन ।

भारत बिहारका मुख्य मन्त्री नीतीशकुमारले संयोगबश कांग्रेसको पाहुन बनेर बुधबार त्रिभुवन विनास्थल टेके । नागरिक दैनिकले समाचार छापेको छ ।

यी ‘नौला पाहुनाको सत्कारमा द्वासरका होटलको सुइट रुम बुकिङ गरिएको थियो तर उनी त्यहाँ गएनन् । राजधानीको उत्तर तर्फ हरियालीमा उनले यो रातलाई मनमौजी बनाए ।

अरुण अर्थात ओशो तपोबनका सञ्चालक स्वमामी आनन्द अरुण र नीतिशबीच ४३ वर्षपछि भेट भएको थियो ।

पटना इन्जिनियर कलेजमा नीतिश इलेक्ट्रिक इन्जिनयरिङ र स्वामी अरुण सिभिल इन्जिनियरिङका विद्यार्थी रहेछन्, उति बेला ।