७ कार्तिक २०८३, शनिबार

रुक्सी उधारो नदिएपछि यसरी भयो युवतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Rapeरुकुम, २१ फागुन । उधारोमा रक्सी नदिएको झोकमा रुकुममा एक युवतीको हत्या भएको छ ।

रक्सी नदिएको झोँकमा बलात्कारको योजना बुनेका स्थानीय तीन युवकले रुकुम खालागाउँ ५ की १७ वर्षीय सुस्मिता शाहीको हत्या गरेका हुन् ।

माघ १० गते भएको यो घटनाको अनुसन्धानमा रहेको प्रहरीले झण्डै डेढ महिनापछि हत्याको कारण सार्वजनिक गरेको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रहरीले हत्यामा संलग्न स्थानीय २५ वर्षीय यमबहादुर नेपाली, १६ वर्षीय ज्ञानेन्द्र राना र १५ वर्षीय प्रेम खड्कालाई नियन्त्रणमा लिएको थियो ।

अभियुक्तहरुले पसल मालिक सुस्मिताले आफूहरुलाई उधारोमा रक्सी नदिएको र त्यही झोकमा हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।