सिड्नी । “कविहरू व्यवस्थित पागल हुन, पागलहरू अव्यस्थित कवि । यी शब्दहरूले बोले जस्तै नियन्त्रित लगाम खिचिएका भावहरूले कविताका रूप लिन सक्लान तर सत्य पागलपनको नजिक हुन्छ । दुनियाँमा सिधै वक्न नसकिने सत्य काव्य रस बनेर बग्दो रहेछ । यस्तै सिधै वक्न नसकिने सत्यहरूको एक झुप्पा “प्रश्नमा इश्वर’ काव्य मन्दिरमा अर्पण गर्ने सानो प्रयास गरेको छु ।” उद्धृत हरफहरू साहित्यकार भीमसेन सापकोटाका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मार्फत नेपाली कला साहित्यको अन्तर्राष्ट्रिय बजार विस्तारमा क्रियाशील उनले केही दिनमै दोस्रो कृति पस्कन लागेका छन् । सिड्नीमा पाँच मार्चमा विमोचिन गर्न लागिएको उनको कृतिले अहिले सवत्र चर्चा पाइरहेको छ ।
फिजीको सांस्कृृतिक सद्भावना दूत समेत रहेका उनी पछिल्लो समय साहित्य साधानामा पनि उत्तिकै दत्तचित्त देखिन्छन् । नेपालमै छँदा पत्रकारितामा उचाई लिइसकेका सापकोटाको पत्रकारिता यात्रा प्रवासमा पनि उत्तिकै उचाईमा छ । असनेपालन्युज डटकमका प्रधान सम्पादक समेत रहेका सापकोटा सिड्नीस्थित भिक्टोरिया विश्वविद्यालयमा प्राध्यापन समेत गर्छन् सन् २०१५ मा नेपाल सरकार द्वारा ‘भानु स्वर्ण पदक ‘ बाट बिभुषित सापकोटा थुप्रै पदक हरू बाट सम्मानित छन् ।
एउटा काव्य साधक लाई पुरस्कार पाउनु र नपाउनुले खाषै भिन्नता नराख्ने बताउने सापकोटा को प्रथम कृति ‘भत्किएको पर्खाल ‘ २०६२ चलचित्र कथाका लागि समेत छनौट भएर ठुलो पर्दाको कथा मार्फत पाठक हरूको मन जित्न सफल बनेको थियो ।सो पुस्तक काठमाण्डौ र अस्ट्रेलियामा मार्च ५ तारिख शनिवार एकै साथ लोकार्पण हुँदैछ । अस्ट्रेलियाको सिड्निमा हुन लागेको विश्वकाव्य गोस्ठिमा सो पुस्तक विमोचन हुंदैछ जहां १३ राष्ट्रका २० विशिस्ट साहित्यकार हरू भेला भएका छन् भने काठमाण्डौमा समेत मुर्धन्य साहित्यकार हरू विच यो ‘प्रश्नमा ईश्वर ” लोकार्पण हुने कार्यक्रम रहेको छ ।
साहित्य, कला, सिर्जना, योग चिकित्सा लगायत आँखाले भ्याएसम्मका विधामा उत्तिकै पारङ्गत देखिन उनी प्रवासी साहित्यका एक नवताराका रूपमा परिचित छन् । प्रश्नमा ईश्वर मार्फत काव्यिक यात्रामा उदाएका सापकोटा साहित्यक साधना रूचीको विषय मात्र नभएर नेपाली सिर्जनाको एउटा आयाम भएको बताउँछन् ।















प्रतिक्रिया