२८ आश्विन २०८३, बुधबार

इजरायलको एक विद्यालयमा बम आक्रमण, १३ स्कुले विद्यार्थी मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo_21

काठमाडौँ, ९ साउन । इजरायली गाजामा एक विद्यालयमा बम आक्रमणमा हुँदा विद्यालयमा पढिरहेका १३ जना स्कुले विद्यार्थी मारिएका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघले नै सञ्चालन गरिरहेको एक विद्यालय बम आक्रमणबाट ध्वस्त भएको छ ।

बेत हानुनमा रहेको उक्त भवनमा सयौं प्यालेष्टायनीले शरण लिइरहेका थिए । इजरायलले हमास अतिवादीविरुद्ध कारबाही चलाएको भनेपनि १६ दिनदेखिको संघर्षमा राष्ट्रसंघीय कार्यालयमै यस्ता क्षति पुगेको यो चौथो घटना मानिएको छ ।

इजरायलले लडाकु विमान र टैंकमार्फत् लगातार प्यालेष्टायनी भूमिमा गरेको आक्रमणमा सयौं मारिएका छन् भने हजारौं घाइते र बेघरवार भएका छन् । (एजेन्सी)