२००७ सालपछि नेपालमा भएका हरेक परिवर्तनमा नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेको छ । निरंकुश राणा शासनको अन्त्य गराउनेदेखि लिएर गणतन्त्र बहालीसम्मको हरेक आन्दोलनमा कांग्रेसले नै नेतृत्व गरेको पनि अवगत भएकै कुरा हो । इतिहासलाई पल्टयाएर हेर्ने हो भने कांग्रेसको हरेक एजेण्डा जनताको भावना अनुसार नै थियो । हुनत २०६२/६३ को जनआन्दोलनको प्रमुख नेतृत्व पनि कांग्रेसले नै गरेको थियो । आन्दोलन सफल पनि भयो र जनताको भावना अनुसार नै देशमा गणतन्त्र बहाली पनि गरियो । तर, आन्दोलनको सफलतासँगै बनेको नेपालको अन्तरिम संविधान (२०६३) मा देशलाई धर्मनिरपेक्ष राष्ट्र कायम गरियो । के धर्मनिरपेक्षता जनताको भावना अनुसार थियो त ? पक्कै पनि थिएन । केही तत्कालीन केही शीर्ष नेताहरुले आफ्नो स्वार्थपूर्तिका लागि मात्र पश्चिमा शक्तिहरुसँग मिलेर आर्थिक चलखेल गर्दै देशमा धर्म निरपेक्षता लादेको थियो । ९४५ सनातन धर्मालम्वीको बसोवास रहेको नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कायम गर्नु कति जायज, कति नाजायज हुन्छ, यसप्रति गम्भीर भई सोचेर मात्र निर्णय लिनुपर्ने थियो हाम्रा शीर्ष नेताज्युहरुले । तर सोचेनन् ।
देश धर्मनिरपेक्ष भएको १० वर्ष बितिसकेको छ । अब आएर देशलाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने माग शीर्ष पार्टीकै केही नेताहरुले उठाइरहेका छन् । जस मध्ये अधिकांश कांग्रेसकै नेताहरु रहेका छन् । हुनत राप्रपा नेपालको प्रमुख एजेण्डा नै राजतन्त्रसहितको हिन्दु राष्ट्र थियो । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जनताले राप्रपा नेपाललाई विश्वास गरेर राम्रै मत दिएका थिए । दोस्रो संविधानसभामा समानुपातिकतर्फ मात्रै २५ सिट जितेर देशको चौथो शक्तिको रुपमा उदाएको राप्रपा नेपालको अदुरदर्सी सोचका कारण धरातलमा जनताको विश्वास निकै कम भइसकेको छ । जनताको भावनासँग खेलवाड गर्दै ओली सरकारमा उपप्रधान एवम् परराष्ट्रमन्त्री बन्न सफल कमल थापाले गणतान्त्रिक नेपालको धर्मनिरपेक्षतासहितको संविधानलाई विश्वकै उत्कृष्ठ संविधान बताएपछि उनी र उनका पार्टीप्रति रहेको जनताको विश्वास शून्य नै भएको पाइएको छ ।
के शंशाक कोइरालासँग बन्दसत्रमा हिन्दु राष्ट्रको पक्षमा बोल्ने आँट छ त ? यदि छ भन्ने ठीक छ, होईन भने सशांकलाई जनताले अवश्य पनि माफ गर्ने छैनन् । सशांकलाई अर्को पनि आग्रह छ कृपया हिन्दु राष्ट्रको मुद्दासँग राजतन्त्रलाई नजोड्दा नै बेस हुन्थ्यो ।
यसैबीच, करिब १ वर्ष पहिले संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्रको लागि जोडतोडका साथ काम शुरु गरेका थिए नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले । नेपाली कांग्रेसको निर्णय विपरीत पार्टीमै रहेर उनले हिन्दु राष्ट्रको मुद्दालाई बहसमा ल्याउन सफल भए । कांग्रेसका अधिकांश सांसद, पूर्व सांसद, पूर्वमन्त्री र केही प्रभावशाली नेताको ठूलो जमात खड्कालाई साथ दिइरहेको । नेपाल हिन्दु राष्ट्र हुन्छ, हुँदैन हाल भन्न सकिने अवस्था छैन । तर नेपाली कांग्रेसको १३औं महाधिवेशन नजिकिँदै गर्दा हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका नेताहरुले बोल्न शुरु गरिसकेका छन् । हिन्दु राष्ट्रकै मुद्दालाई अंगालेर हाल राजनीति गरिरहेका खुमबहादुर खड्का १३ औं महाधिवेशनको प्रमुख शक्ति बनेका छन् । भन्ने गरिन्छ कि ‘खड्काले जसलाई समर्थन दिन्छन्, उनी नै सभापतिमा निर्वाचित हुनेछन् ।’ खड्का महामन्त्रीको लागि लबिङ गरिरहेका छन् । रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्षसँग निरन्तर वार्तामा रहेका खड्काले अन्तिममा देउवालाई समर्थन गरेका छन् । उनले यसअघि देउवासँग केही सहमति पनि गरेको आशंका गरिएको छ ।
संयोग नै भन्नु पर्ला, हिन्दु राष्ट्रको पक्षधरलाई मात्रै आफूले सहयोग गर्ने खड्काले घोषणा गरेको महिना नबित्दै देउवाले दाङको एक कार्यक्रममा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सकिन्छ भनेका थिए । त्यसमा पनि खड्का र देउवाबीच धेरै नै पुरानो सम्बन्ध छ । यता, खुमबहादुर खड्काको बढ्ढो लोकप्रियता र शक्तिलाई धेरैले सहन गर्न सकेका छैन । पौडेल प्यानलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका सशांक कोइरालाले एक अन्तरवार्तामा हिन्दु राष्ट्रको पक्षमा बोलेका छन् । उनले हिन्दु राष्ट्रको समर्थन गर्दै संघीयता र गणतन्त्र माथि पनि पुनर्विचार गर्न भनेका छन् । हिन्दु राष्ट्रको मुद्दालाई राजनीतिक स्वार्थपूर्तिका लागि मात्र प्रयोग गरेर पछि जनतालाई धोका दिने त होईनन् शशांकले । बाहिर मात्र बोलेर के नै हुन्छ । के शंशाक कोइरालासँग बन्दसत्रमा हिन्दु राष्ट्रको पक्षमा बोल्ने आँट छ त ? यदि छ भन्ने ठीक छ, होईन भने सशांकलाई जनताले अवश्य पनि माफ गर्ने छैनन् । सशांकलाई अर्को पनि आग्रह छ कृपया हिन्दु राष्ट्रको मुद्दासँग राजतन्त्रलाई नजोड्दा नै बेस हुन्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो शासन व्यवस्था अन्य हुनै सक्दैन भन्ने बुझ्नु जरुरी छ ।
अर्कोतर्फ, कांग्रेसको महाधिवेशनमा छिमेकी मुलुक भारतले निकै चासो लिएको छ । भारतको समर्थन कसलाई हुन्छ, यो पनि एक गम्भीर बिषय हो । नेपाल हिन्दु राष्ट्र होस भनी भारतको आन्तरिक ईच्छा रहेको छ । फलस्वरुप, भारतले पनि हिन्दु राष्ट्र पक्षधरलाई समर्थन गर्ने निश्चित छ । त्यही भएर पनि होला, महाधिवेशन शुरु भइसकेपछि नेताहरुको बोली परिवर्तन भएको ।
कांग्रेसका नेताहरुले हिन्दु राष्ट्रको पक्षमा महाधिवेशनको बन्द सत्रमा बोल्ने आँट गरुन् र नेपाली कांग्रेसले आफ्नो महाधिवेशनबाटै हिन्दु राष्ट्रको मुद्दालाई घोषणापत्रमा राख्न सफल होस् भन्ने कामना हिन्दूधर्मावलम्बीहरुले गरेका छन् ।
(लेखक हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष हुन्)















प्रतिक्रिया