
काठमाडौँ, २० फागुन । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति प्रथम खुला दौड प्रतियोगिता यसैसाता सञ्चालन हुने भएको छ ।
नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही फागुन २२ गते शनिबार विभिन्न पाँच विधाका दौड प्रतियोगिता सञ्चालन गरिने नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानामगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा ४२.१९५ किमी, हाफ म्याराथुन (२१ किमी), १० कि मी भेट्रान्स, ५ किमीको विद्यार्थी तथा सामान पाँच किमिको वाकाथुन गरी पाँच विधामा दौड सञ्चालन हुने प्रमुख सेनानी रानामगरले बताउनुभयो ।
४२.१९५ किमिमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने त्यसबाहेका अन्य स्पर्धामा महिला तथा पुरुष दुबै खेलाडीले भाग लिनेछन् ।
प्रतियोगितामा पुरुषको ४२.१९५ किमी दौडमा पहिलो हुने खेलाडीले रु एक लाखसहित एक थान मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइल प्राप्त गर्नेछ भने दोस्रो हुने खेलाडीले रु ५० हजार प्राप्त गर्नेछन् ।
त्यस्तै तेसो, चौँथो, पाँचौँ र छैटाँै हुने खेलाडीले क्रमशः रु २५ हजार, १५ हजार, सात हजार र पाँच हजार प्राप्त गर्नेछन् । हाफ म्याराथुनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु २५ हजार, १५ हजार र १० हजार पाउनेछ ।
पाँच किलोमिटर दौडमा पहिलो हुनेले रु सात हजार दोस्रोले रु पाँच हजार र तेस्रो हुने खेलाडीले रु तीन हजार प्राप्त गर्नेछन् । भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले भने ट्र्याकसुट प्राप्त गर्नेछन् ।
शनिबार बिहान ७ बजेदेखि सुरु हुन उक्त दौडमा पाँचैँ स्पर्धामा गरी दुईहजार ८५६ धाबकले प्रतिस्पर्धा गर्नेछन् । शनिबारै सन् १९५१ देखि १९८० सम्मको ओलम्पिकमा भाग लिने विभिन्न आठ खेलाडीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने कार्यक्रममा जानकारी दिइयो । रासस















प्रतिक्रिया