१ कार्तिक २०८३, आइतबार

मालपोत कार्यालयद्वारा अनलाइनबाटै जग्गा पास सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktapurभक्तपुर, २० फागुन । जिल्ला मालपोत कार्यालय भक्तपुरले जग्गा नामसारी, दर्ता, रजिस्ट्रेसन पास लगायत जनताको काम अब अनलाइन सेवाबाट सुरु गरेको छ ।

भक्तपुरको साबिक गाविसअन्तर्गत अनन्तलिङ्गेश्वर नगरपालिकाको सिरुटार, गुण्डु र चाँगुनारायण नगरपालिकाको छालिङका बासिन्दाको जग्गाको राजीनामा, लिखित, रजिस्ट्रेसन पास, मुद्दाको रिपोर्टजस्ता जनताको काम अनलाइनबाटै सुरु गरेको मालपोत कार्यालयका प्रमुख मुक्तिप्रसाद आचार्यले बताउनुभयो ।

आगामी दुई वर्षभित्र भक्तपुरका जिल्लाभरिका जनतालाई अनलाइन सेवाबाटै यस्ता सेवा दिनेगरी काम सुरु गरेको र प्रारम्भमा साबिक तीनवटा गाविसका बासिन्दाको जग्गा सेवा अनलाइनबाट सुरु गरेको हो ।

भक्तपुर मालपोत कार्यालयले तीन लाख जग्गाधनीको विवरण अनलाइन सेवामा अद्यावधिक गरिसकेको र अरूको पनि गर्दै जाने जानकारी दिँदै प्रमुख आचार्यले अब आफ्नो जग्गाको विवरणसमेत घरमै बसेर अनलाइन सेवाबाट हेर्न सकिने व्यवस्थासमेत गरेको उल्लेख गर्नु भयो ।

एसियाली विकास बैंकको सहयोगमा देशभरका १४ वटा मालपोत कार्यालयमा अनलाइन सेवा सञ्चालन गर्ने लक्ष्यअनुरुप भक्तपुरले पाँचाँै कार्यालयका रुपमा यो सेवा विस्तार गरेको हो । यसअघि कलङ्की, ललितपुर, धादिङ र मकवानपुर मालपोत कार्यालयमा यस्तो सेवा सुरु गरिसकेको छ ।

अनलाइन सेवाको बुधबार भूमिसुधार तथा व्यवस्था मन्त्रालयका निमित्त सचिव नागेन्द्र झाले शुभारम्भ गर्नुभएको थियो । रासस