काठमाडौँ, ९ साउन । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकले सुपुदर्गी सन्धीसहितका ठूलो सम्झौता नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार बसेको तीन दलको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतद्वारा प्रस्तावित विद्युत व्यापार र सीमा सम्झौताको विरोध गर्दै आएको छ । एमाओवादी पनि त्यसको सम्झौताको विरुद्धमा छ ।
माओवादीसहितको ३३ दलीय मोर्चाले जलविद्युतसहितका विषयमा सहमति गर्नु पूर्व राष्ट्रिय सहमति जुटाउन सरकारलाई आग्रह गर्दै आएको छ ।














प्रतिक्रिया