३० आश्विन २०८३, शुक्रबार

कोड फर नेपालले भिडियो र फोटो प्रतियोगिता आयोजना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

code for nepal picवाशिंगटन डि.सी.। गैर सरकारी संस्था कोड फर नेपालले रु. ७५,००० पुरस्कार राशी सहितको एक भिडियो तथा फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको शीर्षक “को नेपाली ?” राखिएको छ |

यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा “नेपाली हुनु भनेको  के हो?” भन्ने  बिषयमा रचनात्मक  छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ।

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका सिकारु नेपाली भिडियोग्राफर तथा फोटोग्राफरहरुबाट सहभागिताको आशा गरेको छ। भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ।

प्रतियोगितामा मार्च २५ – अप्रिल २५ २०१६ को समयाबधि भित्र पेश गरिएका भिडियो तथा फोटोहरु मात्र स्वीकार गरिनेछ ल प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/nepali मार्फत संकलन गरिनेछ। प्रतियोगिताका बारे विवरण मार्च महिनाको अन्त्यतिर सार्वजनिक गरिनेछ।

रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् “विजेताको चयन मौलिकता तथा फोटो वा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” |  घिमिरे भन्छन ” हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व  र भाव लाइ महत्व दिनेछौ | यसको उद्देश्य सिकारु  नेपाली  फोटोग्राफर तथा भिडियोग्राफरलाइ प्रोत्साहन गर्नु नै हो|” 

विजेताहरुको नाम २०१६, जून महिनाको १५ तारिख  घोषणा गरिनेछ। भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २५,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

घिमिरे भन्छन् “यस प्रतियोगिताले डिजिटल साक्षरताका बारेमा जागरुकता वृद्धि गर्नेछ | साथसाथै, नेपालका विभिन्न पृष्ठभूमिका मानिसहरुबीच, उनीहरुको आफ्नो आफ्नै पहिचान भए पनि, सबै उत्तिकै नेपाली हुन् भन्ने संवाद अभिप्रेरित गर्नेछ |”

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको  एउटा ५०१ (सी) ३ गैर सरकारी संस्था हो |