१ कार्तिक २०८३, शनिबार

पपले उचाल्यो आठौँ राष्ट्रपति रनिङ् सिल्डको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-Ko-School– झलक पाली

डोटी, २० फागुन । डोटीमा आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि पदमोदय पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालय सिलगढीले हात परेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराकासाथ यहि फाल्गुन १६ देखि १९ गतेसम्म सञ्चालित प्रतियोगितामा सहभागी विभिन्न १५ वटा विद्यालयहरुमध्ये प.प.मु.ना.उ.मा.वि.ले नगद १५ हजार सहित सिल्ड जितेको हो ।

विजेता विद्यालय तथा खेलाडीहरुलाई डोटीका प्रमूख जिल्ला अधिकारी एवं खे प्रतियोगिता समापन कार्यक्रमका प्रमूख अतिथि केशवप्रसाद आचार्यले पुरस्कृत गरेका थिए ।

सिल्ड जित हासिलपछि उक्त विद्यालयले बुधबार -याली सहित जिल्ला सदरमुकाम सिलगढीमा बाजागाजा सहित परिक्रम गरेको छ ।

त्यस्तै यस अगाडीका दुई वटा सिल्ड लगातार जितको खप्तड ईङ्गलिस बोर्डिङ् स्कुल दिपायल दोश्रो र रामपुुर उच्च माध्यमिक विद्यालय बुडरले तेश्रो स्थान प्राप्त गरेका छन् । क्रमशः दुवै स्कुलले नगद रु. १२ हजार र ९ हजार पुरस्कारमा चित्त बुझाउनु परेको छ ।