काठमाडौं, २० फागुन । नाका खुलेपछि पनि असहज भारतले नाकाबन्दी खुलेको तीन हप्ता हुँदा पनि उपत्यकामा इन्धन सहज हुन सकेको छैन ।
सामान्य अवस्थामा भन्दा धेरै इन्धन वितरण भइरहेको आयल निगमका अधिकारीले बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
नाका खुलेपछि प्रहरीले पेट्रोलपम्पहरूबाट वितरण हुने इन्धनको हिसाब राख्न छाडेको छ । जसकारण पम्पहरूले ठूलो मात्रामा इन्धन लुकाएर महँगोमा बिक्री गरेको आशंका छ ।
आयल निगमका अनुसार उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेल वितरण हुँदै आएको छ ।
सामान्य अवस्थामा तीन लाख लिटर पेट्रोल र चार लाख लिटर डिजेल वितरण हुन्थ्यो ।
तर, अहिले सामान्य अवस्थामा भन्दा बढी इन्धन वितरण हुँदा पनि सर्वसाधारणले सहज रुपमा पाएका छैनन् ।
उपत्यकामा आयल निगम र पम्पबाटै कालोबजारी हुँदा इन्धनको अभाव भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।
बुधबार गृहमन्त्री शक्ति बस्नेतको नेतृत्वमा बसेको बैठकले सामान्य अवस्थामा मागभन्दा धेरै इन्धन वितरण हुँदा पनि अभाव हुनुले कालोबजारी भइरहेको निष्कर्ष निकालेको हो ।
उपत्यका बाहिरका जिल्लामा सहज हुँदै गए पनि उपत्यकामा भने इन्धन अभावको चर्को समस्या भएपछि गृहमा बैठक बसेको थियो ।















प्रतिक्रिया