७ कार्तिक २०८३, शनिबार

चीनमा श्रम गर्न जान थाले नेपाली कामदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china.jpgकाठमाडौं, २० फागुन । भूकम्पले क्षति पुगाएका चिनियाँ जनताका घर बनाउन अहिले नेपाली कामदारको ताँती लाग्न थालेको छ ।

संखुवासभाका सीमावर्ती गाउँ चेपुवा, हटिया र किमाथांकाका बासिन्दा घरमा ढोका लगाएर चिनियाँ बजार चाँगा र देन्दाङमा भर बनाउने कामका लागि मजदुरी गर्न थालेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भूकम्पले क्षति पुगाएका चिनियाँ जनताको घर बनाइदिन त्यहाँको सरकारले पुनः निर्माण अभियान सुरु गरेको छ । दैनिक एक सय ५० देखि दुई सय पेगुर (चिनियाँ युआन) सम्म ज्याला दिने भएपछि गाउँका बुढापाका, तन्नेरीदेखि बालबालिकासमेत चीनमा श्रम गर्न जान थालेका हुन् ।