१ कार्तिक २०८३, आइतबार

सुनको भाउमा गिरावट, दुई दिनमा हजार रुपैयाँ घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold pic

काठमाडौं, १९ फागुन । नेपाली बजारमा बुधबार सुनको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मुल्यमा बुधबार पनि पाँच सय गिरावट आएको हो । यो सँगै दुई दिनमा सुनको तोलामा एक हजार रुपैयाँ घटेको हो ।

बुधबार सुनको मूल्य प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा काारेबार भइरहेको छ । सोमबार ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन दुई दिनमै तोलामा १ हजार रुपैयाँ सस्तिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा त्यसको असर नेपाली बजारमा पनि परेको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । मंगलबार तोलाको ७ सय २० मा कारोवार भएको चाँदीको मूल्य आज ७ सय १५ रुपैयाँ कायम छ ।