७ कार्तिक २०८३, शनिबार

संस्थापन समूहले प्यान घोषणा गर्ने, हराउन अर्को समूहसँगसँगै आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra Poudelकाठमाडौं, १९ फागुन । कांग्रेस नेतृत्वका लागि संस्थापन पक्षबाट दुईसहित तीन प्यानल निर्वाचनको मैदानमा उत्रने भएको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला नेतृत्वको प्यानलको बुधवारै औपचारिक घोषणा हुँदैछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बरिष्ठ नेता शेरवहादुर देउवा पक्ष भने बिहीवार या शुक्रबार मात्रै घोषणा गर्ने तयारीमा छ ।

स्रोतका अनुसार देउवाले ज्योतिष साइतअनुसार घोषणा गर्न लागेका कारण ढिलाइ हुने भएको हो ।

तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भएको छैन । पौडेल नेतृत्व प्यानलमा बीपी पुत्र शशांक कोइराला महामन्त्रीका उम्मेदवार हुने भएका छन् ।

बरिष्ठ नेता देउवाले अर्जुननरसिंह केसी र सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय लिएका छन् ।

देउवा पक्षको प्यानल घोषणा नहुँदै केसीले मंगलबारै महामन्त्रीको उम्मेदवारी घो्षणा गरेका छन् ।