कञ्चनपुर, १९ फागुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ ।
प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरेको समाचार राजधानी दैनिकले छापेको छ ।
सार्वजनिक गरिएकामा झलारी–पिपलाडी नगरपालिका ११ का १८ वर्षीय सुरज साउद,१८ वर्षकै इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदिप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन् ।
उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान कलुवापुर बजारस्थित न्यु बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय अवस्थीको शव होटलभित्रै फेला परेको थियो ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले ३५ सय रुपैयाँका लागि मदिराको नशामा लट्ठीएका युवकले अवस्थीको हत्या गरेका बताए ।
उनका अनुसार आइतबार राति होटल व्यवसायी अवस्थीसँगै बसेर मदिरा सेवन गरेका युवा मदिराको नशामा लट्ठीएपछि अवस्थीको हत्या गरेर काउन्टरबाट रुपैयाँ लुटेर फरार भएका थिए ।















प्रतिक्रिया