७ कार्तिक २०८३, शनिबार

चीनले तीन ठाउँमा पेट्रोलियम भण्डारण बनाइ दिने, के गर्ला नेपालले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Oil Nigamकाठमाडौं, १९ फागुन । चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ । कारोबार दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् ।

चीनले नेपाललाई ३ महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता (डिपो) निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारीमा जुटेको छ ।

त्यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ ।

कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ ।