काठमाडौँ, १८ फागुन । महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ ।
महान्यायाधीवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले आजकै मितिबाट उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ । महान्यायाधीवक्ता कार्कीले आफ्नो पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ ।
साथै राष्ट्रपति भण्डारीले महान्यायाधीवक्ता कार्कीलाई उक्त पदमा रही कार्यसम्पादन गर्नु भएको प्रति धन्यवादसमेत व्यक्त गर्नुभएको छ । वर्तमान सरकारले नै कार्कीलाई महान्यायाधीवक्तामा नियुक्त गरेको थियो । रासस












प्रतिक्रिया