काठमाडौं, १८ फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी तत्काल अनसन नबस्ने भएका छन् ।
नागरिक समाजका अगुवाहरुले तत्काल अनसन नबस्न गरेको आग्रह स्वीकार गर्दै प्रा.डा. केसीले अनसन स्थगित गरिएको जानकारी दिएका हुन् । सरकारले माग पूरा गर्न सकारात्मक काम गरिरहेको भन्दै नागरिक समाजका अगुवाले गरेको आग्रहलाई केसीले स्वीकार गरेका हुन् ।
प्रा.डा. केसीले विवादास्पद प्रतिष्ठानसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, चिकित्सा शिक्षाको अनियमिततामा मुछिएकाहरुमाथि छानबिन गर्नुपर्ने, त्रिवि चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानका डिन वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने माग अघि सारेका छन् ।
आफ्ना माग पूरा नभए वा विगतका सहमति पालना नभए कुनै पनि बेला फेरि आमरण अनसन बस्ने चेतावनी उनले दिएका छन् ।












प्रतिक्रिया