१ कार्तिक २०८३, आइतबार

नेपाललाई अमेरिकाबाट आयो खुसीको खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-

काठमाडौं, १८ फागुन । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धि भ्रमण चेतावनी खारेज गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले सोमबारदेखि लागू हुनेगरी आफ्नो नेपालसम्बन्धी भ्रमण चेतावनी खारेज गरेको हो ।

यसअघि वैशाख १२ मा गएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल नजान सुझाव दिएको थियो साथै उसले नेपाललाई खतराको सूचीमा राख्दै आफ्ना नागरिकलाई भ्रमण चेतावनी पनि दिएको थियो ।

अमेरिकाले भ्रमण चेतावनी दिँदा नेपालले पर्यटक र सुरक्षित देशको पहिचान गुमाएको थियो । तर, अहिले नाकाबन्दी लगायत सबै अवस्थाहरूमा परिवर्तन आइसकेकाले फागुन १७ गतेबाट लागू हुने गरी उक्त भ्रमण चेतावनी खारेज गरिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्वीले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी यात्रीहरूका प्रयोजनका लागि नेपाल लगायत विश्वका हरेक देशका निम्ति स्थानीय अवस्था र जोखिमहरूको वर्णनसहितका निश्चित देशीय सूचना पत्रहरू प्रकाशित गर्ने गर्छ ।

कुनै देशमा भ्रमण गर्नका लागि उल्लेखनीय जोखिम रहको खण्डमा अमेरिकी विदेश मन्त्रालयले भ्रमण चेतावनी जारी गर्नसक्छ ।