१५ कार्तिक २०८३, आइतबार

बिहे भएको एक वर्ष नबित्दै आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahotari-Gausala

महोत्तरी, १८ फागुन । बिहे भएको एक वर्ष दुई दिन नबित्दै महोत्तरीको बर्दिवास नगरपालिका–२ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।

गत वर्ष फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएकी स्थानीय विमलेन्द्रकुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले शनिबार राति आत्महत्या गरेकी बर्दिवासस्थित भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताउनुभयो ।

घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

सर्लाहीको वसन्तपुर बगिया–१ मा माइतीमा रहँदै आएकी ती महिलाले आत्महत्या गरेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताउनुभयो ।

श्रीमान्सँगै तल्लोकोठामा राति सुतेकी मोनिता बिहान माथिल्लो कोठामा झुन्डिएको अवस्थामा फेला परेको परिवारजनको भनाइ छ । रासस