
सप्तरी, १८ फागुन । बेलिचपेला–६ बस्ने २६ वर्षीय पाण्डब कुमार मण्डललाई प्रहरीले १ थान पेस्तोल र सोको ४ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सप्तरी र इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको संयुक्त टोलीले सोमबार मण्डललाई बग्धुवा–९ स्थित रिजन होटेलमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट उक्त पेस्तोल र गोली बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया