१ कार्तिक २०८३, शनिबार

नेपाली फुटबलका स्ट्राइकर विमल, अन्जन र अनन्त अब स्पेनी क्लबमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimal-Ananta-Anjan

काठमाडौं, १८ फागु । नेपाली राष्ट्रिय फुटबल टिमका तीन स्ट्राइकर औपचारिक रुपमै स्पेनको फुटबल क्लबमा आबद्ध भएका छन् ।

स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपाली खेलाडी विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई मंगलबारदेखि औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो ट्वीटर एकाउन्टबाट एक ट्वीट गरेर जानकारी दिएको छ ।

तीनैजना खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको छ ।

ट्वीटमा तीनै खेलाडीको फोटो समेत राखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेलाडीहरु केही दिनमै स्पेन प्रस्थान गर्नेछन् । स्पेनिस क्लबमा आवद्ध भएर खेल्दा उनीहरुले पारिश्रमिक पनि राम्रै पाउने एन्फाको भनाई छ ।