१५ कार्तिक २०८३, आइतबार

सती प्रथाको झल्को दिने गरी जलिरहेको चितामा हामफालेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghat

जाजरकोट, १८ फागुन । जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ ।

बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्भित बनाएको छ । रासस