७ कार्तिक २०८३, शनिबार

चीनसँग सम्झौता गर्दा नेपालमाथि भारतले चाल्यो कडा कदम !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Oli

काठमाडौं, १८ फागुन । चीनतिर सम्झौताको तयारी गर्दा भारतले नेपाली कडा चाल्ने संकेत दिएको छ ।

जसअनुसार पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।

इन्डियन आयल कर्पोरेशन (आर्इओसी)सँग इन्धनको मात्रा बढाउन पटक–पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल पाएको छैन ।

निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन्। सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन्, ‘छलफलका क्रममा किन पर्याप्त इन्धन नदिने त ! भनेर सोध्दा उहाँहरु स्पष्ट कुरा गर्नुहुन्न तर कुरा गराइबाट चीबाट इन्धन ल्याउने समझदारीका कारण पर्याप्त इन्धन नदिएको सजिलै बुझ्न सकिन्छ।’ कारोबार दैनिकमा समाचार छ ।