२८ आश्विन २०८३, बुधबार

मान्छेका २ सय ३२ दाँत !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rochak-232-teeth

झट्ट सुन्दा पत्यार नलाग्ने । एउटा मानिसका कतिवटा दाँत होलान ? हामी सामान्य मानिसको ३२ भन्दा धेरै दाँत हुनसक्ने अनुमानै गर्न सक्दैनौं । तर, भारतमा एक १७ वर्षीयअशिकको मुखबाट चिकित्सकले शल्यक्रिया गर्दा २ सय ३२ वटा दाँत निकालेका छन् ।

मुम्बइको जे जे अस्पतालमा गाला सुन्निएपछि उपचारका लागि ती युवक दन्तसेवा विभागमा पुगेका थिए । १८ महिनायता उनमा दाँत दुख्ने समस्या थियो । अस्पतालकी दन्त विभागकी प्रमुख डाक्टर सुनन्दा धिवारेले यसवकको शल्यक्रियापछि यस्तो घटना अत्यन्तै दर्लभ भएको बताएकी छिन् ।

शिकको शल्यक्रिया दुई सर्जन र दुई सहायकले गरेका थिए । अपरेसनपछि उनको मुखमा अव २८ वटा मात्र दाँत छन् ।