३० आश्विन २०८३, शुक्रबार

नारी निकुन्ज अष्ट्रेलियाले डलर वन प्रोजेक्ट सुरु गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

सिड्नी । एनआर्एनए वमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले ‘वन डलर अफ मन्थ’ प्रोजेक्ट सुरु गर्ने भएको छ ।

अन्तरास्ट्रिय महिला दिवसको अवसर पारेर सस्थाले उक्त प्रोजेक्ट सुरु गर्ने निर्णय गरेको हो । ‘डलर अफ मन्थ’ प्रोजेक्ट नेपाली समुदाय लगायत अन्य समुदायका ब्यक्ती लाई पनि समाबेश गर्ने उदेश्य नारी निकुन्जले राखेको छ ।

नारी निकुन्जले मार्च ६ मा आयोजना गर्न लागेको ‘गाला डिनर तथा अन्तक्रिया’ कार्यक्रमको दिन उक्त प्रोजेक्ट लन्च गरेर अधिकारिक रुपमा सूचारु गर्ने नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक सृजना संग्रौलाले जानकारी दिनुभयो ।

हरेक महिना नारी निकुन्जले वन डलर सन्कलन गर्ने भएको छ । र हरेक महिना इक्षुक परोपकारी मन हरुले निकुन्जको खातामा परोपकारी काममा सहयोग गर्नको लागि वन डलर जम्मा गर्न सक्नु हुनेछ । नारी निकुन्जले उक्त प्रोजेक्टमा सहयोगी ब्यक्ती हरुको नामावली पनि निकुन्जको वेबसाईटमा समाबेश गर्ने छ ।

नारी निकुन्जले परोपकारी कार्य लाई निरन्तरता दिन र भाबी प्रोजेक्ट हरु सन्चालनमा ल्याउनको लागी आर्थिक पक्ष सबल पार्न उक्त पारीयोजना लागु गर्ने भएको हो ।

‘डलर अफ मन्थ’ प्रोजेक्टबाट नारी निकुन्जले महिनाको करिब एक हजार डलर संकलन गरिने लक्ष्य लिएको छ । उक्त कार्यलाई निरन्तरता दिन र सहयोग गर्न सम्पूर्ण महानुभाबहरुलाई निकुन्जले अनुरोध पनि गरेको छ ।

नारी निकुन्ज अष्ट्रेलियाद्वारा अहिलेसम्म गरिएको कार्यः

एनआर्एनए वमन फोरम नारी निकुन्ज अष्ट्रेलियाले आफ्नो स्थापना काल देखी नै बिभिन्न किसिमका परोपकारी कार्य गर्दै आएको छ ।

नेपालको करिब ५ वटा जिल्लाका २०० भन्दा बढी पाठेघर खस्ने रोग बाट पीडित महिला हरु लाई निसुल्क उपचारको सिबिर हरु सफल रुपमा सन्चालन गरिसकेको छ ।

त्यस्तै नारी निकुन्जले यो बर्ष पनि खोटाङ जिल्लाका करिब २० जना पाठेघर खस्ने रोग बाट पीडित महिला हरु लाई निसुल्क उपचार गर्ने लक्ष्य राखेको छ । उक्त प्रोजेक्टको लागी नेपाल स्थित रहेको सहयोगी नेपाल सँग शहकार्य गरिरहेको छ ।

तेसै गरी निकुन्जले नेपालमा गरीबी र अशिक्षितको चपेटामा परेका महिला हरु लाई कसरी आत्म निर्भर गर्न सकिन्छ र उनी हरुको दैनिक जिबनमा आउने आर्थिक संकट बाट उन्मुक्त पार्न को लागि सिप मुलक तालिम , कृषि तालिम लगएतका कार्यक्रम हरु अगाडि बढाउने कार्यक्रम पनि तर्जुमा गरेको छ ।

यस्तै निकुन्जले बिनासकारी भुकम्प बाट क्षती ग्रस्त गोर्खा स्तिथ एक स्कुलको पुन निर्माणको लागि सहयोग स्वरुप आर्थिक रकम पनि उपलब्ध गरेको छ ।

यसै गरी नारी निकुन्ज अष्ट्रेलियाले अष्ट्रेलियाको नेपाली समाजमा आकास्मात घटिने मानब घटना र समस्यामा पनि केही मात्रामा भए पनि आर्थिक सहयोग गर्दै आएको छ ।
२००९ मा जन्म भएको यस सस्थाले केही मात्रामा भए पनी मलम(पट्टी लगाउने काम हरु गर्दै आएको छ ।

यस् सस्थाले परोपकारी कार्य मात्रै नभएर प्रबासमा बसे पनि आफ्नो सस्कार , सस्क्रिती लाई जगेर्ना गर्ने हेतुले हरेक बर्ष नेपाली महिला हरुको महान पर्ब हरितालिका तीज पनि भब्य रुपमा मनाउदै आएको छ । कारीब ५०० जना महिला हरुलाई कार्यक्रममा शहभागी गराउने उदेश्यका साथ आयोजना गरिने कार्यक्रम् बाट उठेको टिकट रकम र स्पोन्सर बाट सन्कलित रकम नै निकुन्जले परोपकारी कार्यमा सहयोग गर्ने गर्दछ ।

नारी निकुन्ज अष्ट्रेलियाले दबियर बसेका महिलाका आवाज,समस्या र समाधान लाई पनि उत्तिकै महत्व दिने गरेको छ ।डोमेस्टिक भाईलेन्स तथा रेप जस्ता घातक कृयाकलाप बाट पीडित महिला हरुको आवाज लाई सम्बन्धित निकाय सम्म पुरयाउने र पीडित लाई न्याय दिलाउनको लागि न्ययिक अभियानको कार्यक्रम आयोजना गर्ने गर्दछ । बिशेष गरी उक्त कार्यक्रम निकुन्जले अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आयोजना गर्ने गर्दछ ।

यस्तै नारी निकुन्ज अष्ट्रेलियाले आजका बाल बालिका भोलीका कर्णदार र उनी हरुलाई उचित शिक्षाको आबश्यक रहेको भन्दै हरेक बर्ष नेपालको बिपन्न बर्गका २ बाल बालिकाहरु लाई छात्र वित्रीको ब्यबस्था पनि गरेको छ ।