३० आश्विन २०८३, शुक्रबार

कार्यालय स्थापनार्थ सहयोग रकम जुट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-society

सिकागो । अमेरिकाको सिकागो शहर र यस वरिपरि रहेका नेपालीहरुको एक मात्र साझा संस्थाको रुपमा रहेको सिकागोल्याण्ड नेपाली फ्रेण्ड्शिप सोसाइटीको कार्यालय स्थापनार्थ आर्थिक संकलनको लागि आयोजित साँझको सांगीतिक साँझसहितको डिनरमा करिब ६ हजार डलर संकलन भएको छ ।

फेब्रुअरी २८ को साँझ ६ बजे देखि देवान स्थित बम्बे हलमा करिब सबा सय नेपालीहरुको उपस्थितिमा रास्ट्रीय कलाकार् हरु भुवन राइ, जगदीश यादब र शंकर पराजुली लगायतका कलाकारहरुको सुमधुर स्वर सुन्दै आगन्तुकहरुले नाच्दै रमाउदै गरेको माहोल साचै रोमान्टिक थियो ।

कार्यक्रमलाई रमाइलो गराउनको लागि बीच बिचमा बिङ्गो, कार्ड काउन्टिङ्ग लगायतका खेलहरु खेलाउन संस्थाका उपसभापति जितेन्द्र राना तथा खेम भण्डारी, सुरज घिमिरे, काशी सिंह र गणेश थापाको बिशेष योगदान थियो ।

Nepali-society-america-1

खेलमा बिजयीहरुलाई पुरस्कार वितरण गर्नेमा पुर्व सभापति खेम पाठक, टेक केसी सल्लाहकार सदस्य टेकराज पौडेल लगायत हुनुहुन्थ्यो भने संस्थाले आयोजना गरेको यो आर्थिक संकलन कार्यक्रम निकै प्रभाबकारी रहेको भन्दै समाजसेवी बाला घिमिरे, बिष्णु फुयाल, बिक्रम थारु, खेम पाठक र रमाकान्त खरेल्ले संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

धेरै आर्थिक रकम उपलब्ध गराउनेहरुमा बाला घिमिरे (२५०) र हिरा अर्याल (२४०)लाई खादा ओडाएर सम्मान गरियो भने आर्थिक रकम संकलन कार्यमा संस्थाका कोशाध्क्छ्य भानु घिमिरेको सक्रियता निकै प्रभाबकारी रहेको थियो । आजको कार्यक्रमको संचालन महासचिब इश्वरी बगाले र सभापतित्व अध्यक्ष बेनि माधब कंडेलले गर्नु भएको थियो ।

Nepali-society-america

स्मरण रहोश अहिले सम्म यो संस्था लगायत अमेरिकामा स्थापना भएका नेपाली समुदायका धेरै जसो संस्थाका कार्यालय नभएको र सम्भंधित कार्यालय अधक्ष्यहरुको झोलामा मात्र रहने र उनीहरुको बैठक कहिले पार्क, कहिले व्यक्तिको घरमा आयोजना हुँदै आइरहेको छ । तर सिकागोमा रहेको नेपालीहरुको एक मात्र नेपाली संस्था सिकागोल्याण्ड नेपाली फ़राइण्ड्शिप सोसाइटिको यहि मार्च १ देखि नेपालीहरुको बाक्लो बासस्थान रहेको हलिवूड सेरिडान रोड नजिक १०२० पश्चिम ब्रेन मार मा २ कोठे कार्यालय भवन संचालानमा आउने भएको छ ।

नियमित कार्यालय संचालन को साथ साथै विभिन्न कार्यकर्म संचालन हुने संस्थाका सभापति बेनी माधब कंडेलले जानकारी गराउनु भयो । .