१५ कार्तिक २०८३, आइतबार

एसएसपी खनाललाई २१ किलोको मालासहित सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SSP Khanalललितपुर, १७ फागुन । काठमाडौं उपत्यकाभित्र हुने गरेका अपराध नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई २१ किलोको मालासहित सम्मान गरिएको छ ।

ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्जिनियरिङ कलेजले एसएसपी खनाललाई नेपाली फुटबलमा म्याच फिक्सिङको जालोको सफल अनुसन्धान गरेको भन्दै सम्मान गरेको हो ।

कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला स्मृति कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खनाललाई २१ किलोको मालासहित सम्मान गरिएको हो ।

कार्यक्रममा एसएसपी खनालले आफूले पाएको सम्मानले अझै बढी जिम्मेवारी बोध भएको बताउनुभयो ।