७ कार्तिक २०८३, शनिबार

बाहिर आयो प्रधानमन्त्रीको भारत भ्रमणमा लुकेको तथ्य !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Modi-12

काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणको अर्काे तथ्य बाहिर आएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुसको अन्तिम हप्ता सबै मन्त्री र सचिबलाई बालुवाटार बोलाएर भारतसँग गर्नुपर्ने कुराको लिस्ट बनाएर पेस गर्न निर्देशन दिए ।

सबै मन्त्रालयले हतारहतार सपिङ लिस्ट बनाएर पेस गरे, परराष्ट्र मन्त्रालयको संयोजनमा बनेको करीब तीन सयवटा सपिङ लिस्ट प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै गायब भयो ।

गायब गर्ने अरु कोही थिएनन स्वयं प्रधानमन्त्री नै थिए । ओलीले नयाँ दिल्ली जानुभन्दा दुई दिनअघि भने म सम्बन्ध विस्तारबाहेक अरु कुरा लिएर भारत जान्न । भारतसँग समझदारी बनाउने मात्रै एजेन्डा छ, सपिङ केही छैन ।

ओलीले रातारात तयार गर्न लाएका लिस्ट आफैंले जसरी दिल्लीधामको यात्रा गरे समझदारी बनाउने एकल एजेन्डा लिएर गरेको यात्रा पनि उनले सोचेजस्तो सफल भएन । तरुण साप्ताहिकमा समाचार छ ।