१ कार्तिक २०८३, शनिबार

क्रिक्रेटर विराट कोहलीलाई कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Virat-Kohli-1

काठमाडौं, १७ फागुन । भारत र पाकिस्तानको म्याचपछि ओभरस्मार्ट बन्न खोजेको भन्दै भारतीय राष्ट्रिय क्रिकेट टोलीका एक सदस्यलाई कारवाही भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई कारबाही गरेको हो । शनिबार एसिया कपअन्तर्गत भएको खेलमा कोहलीले अभद्र व्यवहार गरेका थिए ।

कोहलीलाई आइसिसीले ३० प्रतिशत म्याच फि जरिवाना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोहलीले आइसिसी कोड अफ कन्डकको भावनाविपरीत व्यवहार प्रदर्शन गरेको आइसिसीको ठहर छ ।

आइसिसीको विज्ञप्तिमा भनिएको छ- ‘यो घटना खेलको १५औँ ओभरमा भएको थियो । जब विराटलाई एलबिडब्लुको आउट दिइयो, त्यसपछि उनले आफ्नो ब्याट देखाए । क्रिज छाड्ने वेलामा अम्पायरलाई हेरे र केही शब्द बोले । जुन खेल भावनाविपरीत हो ।’