७ कार्तिक २०८३, शनिबार

राम भेटेपछि प्रचण्ड दंगः धुव्रले चटक्कै छाडिदिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं । सिन्धुपाल्चोकमा पशुपति शम्शेर राणाको भन्दा अग्नि सापकोटाको भद्दा पारिवारिक शासन भएको भन्दै लामो समयदेखि विरोध गर्दै आएका एमाओवादी पोलिटब्यूरो सदस्य ध्रुव पराजुली बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा गएपछि सिन्धुपाल्चोकमा एमाओवादीलाई ठूलो धक्का लागेको छ ।

सरल र साद्गी जीवन गुजार्ने पराजुली एमाओवादीभित्र स्थापित नेता हुन । अग्नि सापकोटाभन्दा सिन्धुपाल्चोक र त्यस वरपर धेरै स्थापित पराजुली संघर्षमा अगाडि र सुविधामा पछाडि हट्ने नेता हुन ।

अग्नि सापकोटाले भतिज, छोराहरुलाई जवरजस्त अगाडि लगाएर सुविधाको राजनीति गरेको र उनको गलत कार्यको समर्थन गर्नेहरुलाई मात्र सिन्धुपाल्चोकको राजनीतिमा अगाडि बढाएको भन्दै उनले असन्तुष्टि पोख्दै आएका थिए । प्रचण्डले उनलाई समानुपातिकमा टिकट दिए ।

उनले निगाहमा सांसद नबन्ने भन्दै सार्वजनिक रुपमा राजीनामा दिए । आलोचनात्मक चेत भएका ध्रुवको वहिर्गमनपछि प्रचण्ड असाध्यै चिन्तित भएको लाजिम्पाट निकट स्रोतले जनाएको समाचार साँघु साप्ताहिकले छापेको छ ।