२४ कार्तिक २०८३, मंगलबार

लुक्लाबाट आयो उड्नै लागेको विमानबारे ‘दुःखद’ खबर !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-lukla

काठमाडौं, १७ फागुन । दुई दिनमा दुई वटा जहाज दुर्घटना भएको साता दिन नवित्दै विमानबारे अर्काे ‘दुःखद’ खबर आएको छ ।

यो खबर लुक्ला विमानस्थलबाट आएको हो जहाँ विमानमा बम राखिएको हल्ला फैलिएको छ । जसका कारण उड्नै लागेका विमान अचानक रोकिएका छन् । बम भएको सूचनापछि विमानस्थल नै बन्द गरिएको छ । विमानस्थल बन्द भएपछि यात्रुहरुको विचल्ली भएको छ ।

विमानस्थलमा अवतरण भएको सिम्रिक एयरको विमानमा बम राखिएको हल्ला चलेको हो । अहिले उक्त विमानमा बम छ वा छैन भन्ने बारेमा अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

लुक्ला विमानस्थलमा रहेका प्रहरी अधिकारीले विमानमा बम लेखिएको कागज भेटिएको र थप अनुसन्धान भइरहेको बताएका छन् । थप अनुसन्धानको लागि नेपाली सेनाको टोली विमानस्थल पुगेको छ ।

यसअघि पोखराबाट जोमसोमका लासिग उडेको तारा एयरको विमान म्याग्दीको भीरमा दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाएका थिए भने नेपालगञ्जबाट जुम्ला जाने क्रममा इन्जिनमा खराबी आई कालिकोटमा काण्टमण्डप एयरको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई पाइलटले ज्यान गुमाएका थिए ।