२४ कार्तिक २०८३, मंगलबार

दरबारमार्गको रेष्टुरेन्टमा एकाबिहानै आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wimpy_197963378काठमाडौं, १७ फागुन । काठमाडौंको दरबारमार्गस्थित वीम्पी रेष्टरेन्टमा आगलागी भएको छ ।

आज बिहान ३ बजेर २० मिनटमा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

‘बिहान ३ बजेर २० मिनटमा आगलागी भएको हो’, उहाँले भन्नुभयो, ‘बिहान ४ बजेर ४० मिनटमा आगो नियन्त्रयामा आइ सकेको छ ।’

रेष्टुरेन्टमा कोही नभएका बेला आगलागी भएको थियो । आगलागीबाट कुनै पनि मानवीय क्षति भएको छैन । भुइँतलाको सो रेष्टुरेन्टमा भएको आगलागीबाट अन्दाजी ३६ देखि ४० लाखसम्मको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने प्ररहीको अनुमान छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख मगरले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि दमकल र प्रहरीले पहल गरेका थिए ।