काठमाडौँ, ८ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको अबको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नहुने सुझाव दिनुभएको छ ।
नेकपा (एमाले) नवौं राष्ट्रिय महाधिवेशनको प्रचार उपसमितिले राजधानीमा गरेको ‘महाधिवेशन मूल व्यवस्थापन समितिबाट धन्यवाद ज्ञापन’ कार्यक्रममा उहाँले प्यानल बनाएर चुनाव लड्नु ठीक नभएको बताउनुभयो । अब पुरानो पुस्ताले बिदा लिने र नयाँ पुस्ताको काँधमा एमालेको नेतृत्व आइपुग्ने भन्दै उहाँले प्यानल बनाएर चुनावमा नजान नयाँ पुस्तालाई सुझाव दिनुभयो । यद्यपि पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट सक्षम र योग्य नेतृत्व आएको खनालले बताउनुभयो । दुवै समूहबाट केही योग्य व्यक्ति आउन नसके पनि धेरै योग्य व्यक्ति आएको उहाँको कथन थियो ।
वरिष्ठ नेता खनालले भन्नुभयो, “दुई फरक–फरक समूह बनाएर निर्वाचनमा जाँदा सुरुमा एक पक्षको जित र अर्को पक्षको हार हुने हो कि भन्ने चिन्ता लागिरहेको थियो, तर परिणाम दुवैतर्फबाट बराबरजस्तै आयो, यो राम्रो पक्ष हो ।”
उहाँले पार्टीमा वैचारिक, सैद्धान्तिक, सङ्गठनात्मक काममा पार्टी एकढिक्का भएर अगाडि बढेको र नवौैं महाधिवेशन नेपालको इतिहासमै कोसेढुंगा सावित हुने दाबी गर्नुभयो ।
एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले पार्टीको नवौं महाधिवेशनले जारी गरेको नीति, सिद्धान्त र विधानले पार्टीलाई एक ढिक्का बनाएर जीवन्त तुल्याएको बताउनुभयो ।
आगामी दिनमा पार्टीलाई एकताबद्ध भएर लैजानुको विकल्प नभएको भन्दै उहाँले नेतृत्वभन्दा पनि पार्टीको नीति र विचारलाई लिएर पार्टी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमाले महासचिव तथा नवौं महाविधेशनका मूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले नवौं महाधिवेशनबाट पार्टीको विधान र नेतृत्व सही आएको बताउनुभयो ।
महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक तथा सचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको नवौं महाधिवेशनका बारेमा प्रकाशन÷प्रशारण गरेर सहयोग पु¥याएका सबै सञ्चारमाध्यमलाई धन्यवाद दिनुभयो ।
















प्रतिक्रिया