भक्तपुर, फागुन १६ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले काँग्रेसको महाधिबेशन पश्चात काँग्रेसकै नेतृत्वमा एमाओबादी, तराईबादी, एमाले लगायत अन्य दलहरुको सहकार्यतामा सरकार निर्माण हुने बताउनु भएको हो । नेपालमा संबिधान जारीसँगै भारतले गरेको अघोषित नाकाबन्दी र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीका लागि कुनै फरकपन देखा नपरेको भन्दै भारतसँगको सम्बन्ध सुधारका लागि गरिएको भ्रमणले खासै सम्बन्ध सुधार समेत नभएको उहाँको भनाई छ ।
तराई आन्दोलन तराईका कामदार वर्गका लागि भन्दा पनि सिमित कालो बजारी गर्ने र बारम्बार सरकारमा सामेल भएका तराईबादी दलहरुले लाभ लिने उद्देश्यका साथ भएको भन्दै भारतले इशारा नगरेसम्म तराईमा भइरहेको आन्दोलन नरोकिने र एक पछि अर्को माग राख्दै अप्ठ्यारो उत्पन्न गर्ने उहाँको दाबी छ । सरकारले तराई आन्दोलनका क्रममा बिभिन्न बहाना बनाएर जसरी प्रहरी चौकि र सेना फिर्ता बोलाएर तराईको जनधनको असुरक्षा बढाएको छ त्यो सरासर गलत भएको उहाँले बताउनु भयो ।
स्थानिय निकायको निर्वाचन जति सक्यो छिटो गर्न सके त्यसले पुनर्निर्माणमा सहयोग गर्नुका साथै मधेश र जनजातीको आधा समस्या समेत सम्बोधन हुने उहाँले बताउनु भयो । उहाँले अव स्थानिय निकायको निर्वाचन भए राप्रपा, एमाओबादी र मधेशबादी दलहरुको सहकार्यता हुने सम्भावना समेत बढेको टिप्पणी गर्नु भयो ।
नेपाली काँग्रेसको महाधिबेशनको प्रचार प्रसारलाई हेर्दा कार्यकारी राष्ट्रपतिको रियलस्न भइरहेको र एमालेभित्र सबै समकक्षी भएकाले र एमाओबादी फुटेकाले समेत काँग्रेसले कार्यकारी राष्ट्रपतिको अवधारणालाई अग्रसरता दिने उहाँको टिप्पणी थियो ।
उत्तर तर्फ सरकारले सम्बन्ध बिस्तार गर्न नसक्दा थप समस्या देखिएको र बेलैमा उत्तर तर्फको सम्बन्धलाई बढवा दिन नसकेका खण्डमा नेपाल र नेपालीले अझै विभिन्न खालका समस्याको समाधान गर्नु पर्ने उहाँको भनाई छ ।












प्रतिक्रिया