काठमाडौं, १६ फागुन । नयाँ शक्ति अभियानकी विदेश विभाग प्रमुख हिसिला यमी अहिले तनावमा छिन् । पत्रकार प्रतिक प्रधानको एउटा फेसबुक स्टाटसले हिसिलाको सातो नै लिएको छ ।
पत्रकार प्रधानले एकै हप्तामा लगातार दुई जहाज दुर्घटनापछि शनिबार फेसबुकमा स्टाटस लेख्दै सिंगल इन्जिनमा यात्रु बोक्न दिने निर्णय लिने पूर्वमन्त्री हिसिला यमी भएको भन्दै उनीमाथि प्रश्न उठाएका थिए ।
तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइरालाका प्रेस सल्लाहकार समेत रहिसकेका पत्रकार प्रधानले छन्- ‘सिंगल इन्जिन जहाजमा यात्रु बोक्न हिसिला यमी मन्त्री हुँदा खोलिएको हो । कसले कति खाएर खोलेका थिए ? अबको प्रतिबन्ध खोल्दा अर्को दाउ पर्ने होला ।’
यो स्टाटसपछि तनावमा परेकी हिसिलाले आफ्नो निवास सानेपामा बसेर फेसबुकबाटै जवाफ फर्काएकी छिन् । उनले आफूसँग एक पटक पनि नसोधि स्टाटस हालेको भन्दै आपत्ति जनाउँदै पत्रकार प्रधानलाई हिम्मत भए अख्तियारमा जान चुनौती दिएकी छिन् ।
निकै आक्रोशित देखिएकी हिसिलाले लगातार तीनवटा स्टाटस लेखिन् ।
पहिलो स्टाटसमा लेखेकी छिन, ‘प्रतीक प्रधानजस्तो जिम्मेवार पत्रकारलाई मेरो चुनौती हिम्मत छ भने अख्तियारबाट कारवाही गरोस, हिसिला यही हाजिर ।’
त्यसको चार मिनेटपछि नै हिसिलाले अर्को स्टाटसमा- ‘प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म भइसकेको ब्यक्तिले आफूले कसरी सिंगल जहाजलाई कसरी अनुमति दियो भन्ने विषय सोध्न सकिदैंन’ भनेर प्रश्न गरेकी छिन् ।
त्यसको दुई मिनेटपछि अलि नरम स्टाटस लेख्दै भनिन्- ‘यो देश यस्तै हातले बिग्रेको हो, पत्रकार प्रोफेसनल भइदेओस न्, पोलिटिसियन प्रोफेसनल भइदिओस न अनि पो देश बन्छ ।’
यो विषयमा पति बाबुराम भट्टराईले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
यस्ता छन् स्टाटस:

हिसिलाको स्टाटसः
















प्रतिक्रिया