काठमाडौं, १६ फागुन । देशकै ठूलो दल नेपाली कांग्रेसको निर्वाचन मिति नजिकिदै गर्दा अब पार्टीको नेतृत्व कसले लेला भन्ने चर्चा सुरु भएको छ ।
यसक्रममा मैदानमा दुई मुख्य उम्मेदवार कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता देउवा देखिएका छन् । पौडेल संस्थापनबाट उम्मेदवार बन्ने तयारीमा लागेका छन् ।
यी सभापतिका उम्मेदवारलाई पार्टी भित्र र अन्य पार्टीका नेताहरुले समर्थन तथा प्रचारप्रसारमा समेत सहयोग गरिरहेका छन् । यसैक्रममा एमाओवादीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले सभापतिका एक उम्मेदवारलाई समर्थन गरेको खुलासा भएको छ ।
प्रचण्डले आफ्नो समर्थन रामचन्द्रलाई रहेको बताएको बरिष्ठ पत्रकार किशोर नेपालले खुलासा गरेका छन् । ट्वीटरमार्फत नेपालले प्रचण्डले आफ्नो समर्थन रामचन्द्रलाई रहेको बताएको खुलासा गरेका हुन् ।
उनले ट्वीट गरेका छन्– ‘सुशील स्मारिका ग्रन्थका सम्पादकहरुसंग माओवादी अध्यक्ष प्रचण्डले भनेछन -म रामचन्द्रजीको पक्षमा छु । प्रम ओलीको प्रतिक्रिया के होला यसमा ?’













प्रतिक्रिया